एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ सिटमै उम्मेदवारी दिने

काठमाडौं- नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचनमा १९ सिटमै उम्मेदवारी दर्ता गराउने भएको छ ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारका बारेमा छलफल गर्दै पुष २३ गते १९ वटै सिटमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको हो ।

Dengue

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रत्येक क्लस्टरमा तीन जनाको नाम मागिएकोमा सिफारिस भएर आएका नामबारे प्रारम्भीक छलफल भएको जानकारी दिए ।

उनले सिफारिस भएर आएका नामलाई टुङ्गो लगाएर १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको बताए । त्यस्तै, बैठकले भारतसँग भएका केही सहमतिप्रति पनि असन्तुष्टि जनाएको छ ।

राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वास लिएर मात्रै काम गर्नुपर्नेमा त्यसो हुन नसकेकाले भारतसँग भएका सम्झौतका बारेमा जानकारी गराउन सरकारसँग माग गरिएको महासचिव पोखरेलले बताए ।

त्यस्तै, सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बिदा भएकासहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरिएको महासचिव पोखरेलले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार