प्रधानमन्त्री दाहालले गरे आफ्नै सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ।

मंसिर २० गतेदेखि लागु हुनेगरी राजीनामा स्वीकृत भएको हो।

गजुरेलले गत मंसिरमा नै प्रधानमन्त्रीको मुख्य सल्लाहकारका रूपमा आफूले प्रस्ताव गरेका कार्यक्रम र योजनाहरू अगाडि बढ्न नसकेको भन्दै राजीनामा बुझाएका थिए।

प्रधानमन्त्री दाहालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गजुरेलले राजीनामा दिएका हुन्। उनी मन्त्रीसरहको सेवा सुविधा तथा वरीयतामा रहने गरी राजनीतिक सल्लाहकारको भूमिकामा थिए।

गजुरेलले सल्लाहाकारका रूपमा आफ्नो भूमिका नभएको र प्रधानमन्त्री दाहाल परिवारवादमा फसेको भन्दै पद छाडेको बताइएको छ।

प्रधानमन्त्रीको स्वकीय सचिवका रुपमा रहेकी पुत्री गंगा नै सर्वेसर्वा हुने र प्रधानमन्त्री त्यसकै घेराबाट बाहिर नस्किन नसकको गजुरेलले गुनासो गरेका थिए।

त्यस्तै, उनले आफ्नो गृह जिल्लाको राजनीतिक गतिविधिमा आफूलाई बाइपास गरेको बताउँदै आएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार