कोरिया र युरोप पठाइदिने भन्दै दुई करोड उठाएर भागेपछी…

चितवनलमजुङका प्रदीप थापाले गाउँमै जागिर गरेर मासिक ४० हजार रुपैयाँ कमाउँथे । मंसिर दोस्रो साता आफन्तकै चिनजानबाट तीन लाखमा दक्षिण कोरिया जाने अवसर आएको थाहा पाएपछि जागिर छाडेर कोरिया जाने तयारी गरे । महिनाको दुई लाख रुपैँया आम्दानी हुने आसमा तीन लाख रुपैयाँ दलाललाई बुझाएर उनले कोरिया जानकै लागि घरछेउको जागिर छाडे । दलालले दक्षिण कोरिया जान सात लाख लाग्ने, तर तीन लाख तत्कालै र चार लाख दक्षिण कोरिया पुगेर कमाउँदै ६ महिनापछि दिँदा पनि हुने भनेका थिए ।

पुस पहिलो साता विदेश लैजाने भनेको मानिस सम्पर्कमै आउन छाड्यो । थापासँगै उनको गाउँका पाँचजनाले दक्षिण कोरिया जाने भनेर दलबहादुर बस्नेतमार्फत पैसा बुझाएका थिए । सबैलाई बस्नेतले माछापुच्छ«े बैंकमा पैसा हाल्न लगाउँथे । त्यसमध्ये दुर्गा शाहीलाई त उनले छिटो सपिङ गर्नसमेत भनेका थिए । ‘आर्मीबाट रिटायर्ड भएको बताउने बस्नेत उमेरले पनि ७० वर्षका थिए । ठगिएलाजस्तै लागेको थिएन । बोलीमा मिठास भएका उनले दर्जनौँ मानिसलाई सहजै आफ्नो प्रभावमा पारे । उनले भिसा लागेको पुरानो पासपोर्ट देखाउँथे, फोनमा विदेश भएका मानिस देखाउँथे,’ शाहीले भनिन् । एयरपोर्ट जाने समय आउँदै गर्दा आफू ठगिएको पत्तो पाएका धादिङका विवेक श्रेष्ठले भने, ‘काठमाडौंमा बायोमेट्रिक गर्न भनेर सम्पर्कविहीन भए । अहिले उनको फोन नै लाग्दैन । उनले तीनजना साथीहरूसँगै नौ लाख रुपैयाँ बस्नेतलाई बुझाएका थिए ।

Dengue

बस्नेतले गाडीचालक, होटेल सञ्चालकलाई आफू विदेश पठाउने मान्छे भएको जानकारी दिँदै मान्छे खोजे कमिसन दिने आश्वासन बाँड्थे । भरतपुर क्षेत्रमा गाडीचालक रहेका राजु तामाङले उनको प्रभाव पारेर गाडीमा चढ्ने चिनजानका मान्छे र छिमेकीसहित ३५ जनालाई बस्नेतसँग परिचय गराए । अहिले बस्नेत बेपत्ता भएपछि उनी पनि तनावमा छन् । सात वर्षदेखि गाडी चलाउँदै आएका तामाङ बस्नेतले आफूलाई पनि फसाएको बताउँछन् । ‘छोरा र बुढी छ भन्ने सुनेको हो । अरू केही थाहा छैन,’ उनले नयाँ पत्रिकासँग भने ।

तामाङजस्तै नवलपरासीको कावासोतीमा होटेल व्यवसाय गर्ने दुर्गा कुमाललाई पनि बस्नेतले प्रयोग गरेर २५ जना मान्छेबाट पैसा ठगी गरेको पीडित बताउँछन् । बुधबार र बिहीबार मात्रै बस्नेतबाट ठगिएको भन्दै ३५ जना चितवन, धादिङ, लमजुङ, नवलपरासीलगायतका जिल्लाबाट जिल्ला प्रशासन कार्यालय चितवनमा रहेको आप्रवासी स्रोत केन्द्रमा गुनासो लिएर आएका थिए । वैदेशिक रोजगारीमा पठाइदिने भनेर बस्नेतले झन्डै दुई करोड रुपैयाँ ठगी गरेको पीडितहरूको भनाइ छ । आप्रवासी स्रोत केन्द्रमा आएकासहित ७५ जनाभन्दा बढी मानिस उनीबाट ठगिएको अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने यो संस्थाले छलफल र सहजीकरणको काम गर्छ ।

दक्षिण कोरियामा कृषि पेसामा काम गर्न पठाउने भन्दै कोहीबाट तीन लाख, कोहीसँग चार लाख तथा युरोपको रोमानिया, माल्टा, माल्दोवा जान चाहनेहरूका लागि ६ लाख मूल्य तोकेका बस्नेत अहिले सम्पर्कमा छैनन् । सहकारीबाट ऋण लिएर, जमिन बेचेर, गरगहना बेचेर विदेश जाने आसमा पैसा बुझाएकाहरू अहिले पैसा बुझाएको भौचर, फोन रेकर्ड र बस्नेतको फोटो भिडियो देखाउँदै न्याय माग गरिरहेका छन् । उनीहरूले शुक्रबार सामूहिक रूपमा जिल्ला प्रहरी कार्यालयमा संयुक्त उजुरी दिएको प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहले बताए । ‘बस्नेतबाट भारतमा समेत २० देखि २५ जना ठगिएको र अलपत्र परेको भन्ने जानकारी आएको छ,’ शाहले भने, ‘मान्छेपिच्छे फरक–फरक नाम र ठेगना बताउने उनको मोबाइल नम्बर पनि फरक–फरक रहेकाले अनुसन्धान भइरहेको छ । उनीबाट धेरैजना पीडित भएको भन्ने छ, हामी अनुसन्धान गर्दै छौँ,’ उनले भने । भरतपुर महानगरपालिका–११ मा बस्दै आएको घरबाट उनी बिहीबार राति नै भागेका छन् । जुन घर उनले आफ्नो भन्दै आएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार