नेपाल प्रहरीले भन्याे- अनलाइन भुक्तानीका लागि नि:शुल्क वाइफाई प्रयोग नगर्नुहोस्

काठमाडौं – नेपाल प्रहरीले कुनै पनि सार्वजनिक स्थानमा अनलाइन भुक्तानी वा रकम स्थानान्तरणका लागि निःशुल्क वाइफाई प्रयोग नगर्न सूचना जारी गरेको छ।

साइबर सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रहरीले सम्भव भएसम्म निःशुल्क उपलब्ध हुने वाइफाई प्रयोग गरेर अनलाइन कारोबार नगर्न सामाजिक सञ्जालमार्फत् सूचना जारी गरेको हो।

Dengue

नेपाल प्रहरीको आधिकारिक फेसबुकको पोस्टमा लेखिएको छ, ुअनलाइन भुक्तानी वा रकम स्थानान्तरणका लागि सम्भव भएसम्म निःशुल्क वाइफाईको प्रयोग नगर्नुहोस्।
ख्पछिल्लो समय अनलाइन कारोबार गर्नेहरूको संख्या बढ्दो छ। इन्टरनेट सेवा प्रदायकहरूले आफ्नो ग्राहक र प्रयोगकर्ताहरूका लागि भन्दै विभिन्न स्थानमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराइरहेका छन्। तर यसरी निःशुल्क उपलब्ध हुने वाइफाई छिटो ह्याक हुने जोखिम उच्च छ।

साइबर अपराधीहरूले असुरक्षित नेटवर्कहरूलाई ह्याक गर्न र त्यसबाट प्रयोगकर्ताको संवेदनशील डेटा चोरी गर्न विभिन्न प्राविधिक उपकरणहरूको संयोजन प्रयोग गर्छन्। यसमा प्रयोगकर्ताको पासवर्ड, बैंकिङ जानकारी, वा व्यक्तिगत डेटा समावेश हुन सक्छ। र, यी कुराहरू साइबर अपराधीहरू ९ह्याकर०ले पहिचान चोरीको लागि प्रयोग गर्न सक्छन्।
सार्वजनिक उपलब्ध वाइफाई र वाइफाई प्रयोगकर्ताको डेटा विभिन्न तरिकाले ह्याक हुन सक्छ। जस्तै, इभिल ट्विन अट्याक, म्यान इन द मिडल अट्याक, पासवर्ड क्र्याकिङ अट्याक, प्याकेट स्निफिङ अट्याक, इत्यादी।

कतिपय निःशुल्क वाइफाई उपलब्ध हुने स्थानहरूमा ह्याकरले पनि फाइदा उठाउँदै त्यहाँ निःशुल्क वाइफाई उपलब्ध गराएको हुन सक्छ। ह्याकरले उपलब्ध गराएको वाइफाईमा जोडिने प्रयोगकर्ताहरूको डेटा सिधैं उसले चोरी गर्न सक्छ। यस प्रकारको ह्याकिङलाई इभिल ट्विन अट्याक भनिन्छ।
कतिपय समय भने ह्याकरले सेवा प्रदायकले उपलब्ध गराएको नेटवर्क नै ह्याक गरेर त्यसमा जोडिएका प्रयोगकर्ताहरूको डेटा चोरी गर्न सक्छ। यस प्रकारको ह्याकिङ अथवा अट्याकलाई भने म्यान इन द मिडल अट्याक भनिन्छ।

ह्याकरले एकैपटक धेरै प्रयोगकर्ताको प्रयोगकर्ता नाम ९युजरनेम० र पासवर्ड खोल्न विभिन्न किसिमको ह्याकिङ सफ्टवेयर प्रयोग गर्न सक्छन्। यस किसिमको ह्याकिङलाई पासवर्ड क्र्याकिङ अट्याक भन्न सकिन्छ।

केही ह्याकरहरूले असुरक्षित वाइफाईमा पठाइएका डेटाहरू नै चोरी गर्छ। उनीहरू ती डेटाको प्रयोग व्यक्तिगत लगइन प्रमाणहरू वा वित्तीय जानकारी निकाल्न प्रयोग गर्छन्।

यसरी प्रयोगकर्ताको पासवर्ड, बैंकिङ खाता, व्यक्तिगत डेटाहरू ह्याक हुन सक्छ। कतिपय समय प्रयोगकर्ता आफैलाई आफ्नो खाताहरू ह्याक भएको तत्काल थाहा नहुन सक्छ।

सार्वजनिक रूपमा उपलब्ध हुने वाइफाईको सुरक्षा प्रणाली नै कमजोर हुने सुम्भावना बढी हुन्छ। त्यसैले कुनै पनि स्थानमा निःशुल्क वाइफाई उपलब्ध छ भने पनि त्यसमा जोडिहाल्नु हुँदैन। कुन सेवा प्रदायकले उपलब्ध गराइरहेको छ भन्ने ख्याल राख्नुपर्छ।

वाइफाई जोडेर प्रयोग गरिहाल्नु भएको छ भने पछि सुरक्षित वाइफाईबाट मालवेयरको लागि एन्टी भाइरस सफ्टवेयरमार्फत् आफ्नो उपकरण स्याकन गर्दा उपयुक्त हुन्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार