पूर्व डीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर

धनगढी- प्रहरी कर्मचारीको तलब भत्ता अपचलन गरेको अभियोगमा पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहलाई विशेष अदालतले दोषी ठहर गरेको छ।

शाहसहित तत्कालीन लेखापाल प्रहरी नायव निरीक्षक (सई) दीपेन्द्रप्रसाद पनेरु, सहायक हवल्दार केशवसिंह ऐरी र कोष तथा लेखा नियन्त्रक सञ्जीव विशंखेविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ सालमा मुद्दा दायर गरेको थियो। शाह र पनेरुलाई दोषी ठहर गरे पनि ऐरी र विशंखेलाई भने सफाई दिएको विशेष अदालत प्रवक्ता धनबहादुर कार्कीले हिमालखबरलाई बताए।  

dashain shuvakamana
Discovery School

प्रवक्ता कार्कीका अनुसार, दोषी ठहर भएकाहरूलाई सजाय तोक्न पुस २५ गते पेशी तोकिएको छ। टेकनारायाण कुँवर, तेज नारायणसिंह राई र रीतेन्द्र थापाको इजलासको शाहलाई दोषी ठहर गरेको हो।  

शाहले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा छँदा १०३ जना प्रहरी जवान र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवान (नयाँ भर्ना भएका) हरूको ३३ लाख ३८ हजार ८४ रुपैयाँ तलब भत्ता हिनामिना गरेको अभियोग लगाइएको थियो।  

२०७२ वैशाख २७ गते भर्ना भएका प्रहरी जवानले सोही वर्षको पुस २२ गते भरतपुरबाट तालिम सकाएका थिए। तालिम सकाएपछि उनीहरूको अन्यत्र सरुवा भएको थियो। तर शाहले उनीहरूको सरुवा भएपछि समेत माघ र फागुन महीनाको तलब भत्ता खर्चमा जनाएर भ्रष्टाचार गरेको पाइएको हो। यसका साथै शाहले १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको दुई दिनको तलब भत्ता अपचलन गरेको पनि पाइएको हो।

शाह साहित्यकार समेत हुन्। छापामारको छोरो, ज्याक्सन हाइट, सिपाहीकी स्वास्नी, काठमान्डुमा कामरेड लगायत उनका कृति प्रकाशित छन्। छापामारको छोरोका लागि उनले २०६३ सालको मदन पुरस्कार समेत पाएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार