१९ लाख ५० हजार रुपैयाँसहित सुरेश पक्राउ

विराटनगर – मोरङ प्रहरीले स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका-५ साहेबगन्जका ४९ वर्षीय सुरेप्रसाद साह छन्। उनलाई बुधबार दिउँसो विराटनगर महानगरपालिका-६ केशलियामार्गबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।

‘प्रहरी टोलीले शंका लागेर सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि हामीले नियन्त्रणमा लिएका हौं। अनुसन्धान गरिरहेका छौं। भोलि राजस्व कार्यालय पठाएर सार्वजनिक गर्छौं,’ डीएसपी दाहालले भने।

Seti Hospital

पक्राउ परेका साहका साथबाट नगदसहित को७प ५२२१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल र एक सेट मोबाइल नियन्त्रणमा लिएको दाहालले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार