अछाममा जनप्रतिनिधिले नै बलात्कारको घटना मिलाउन खोजेपछी

अछाम – अछामका बलात्कारको घटना गाउँमै मिलाउन खोजेपछि पीडित किशोरीले आत्महत्याको प्रयास गरेकी छिन्। जिल्लाको तुर्माखाँद गाउँपालिकाकी पीडित १६ वर्षीया किशोरीले आत्महत्या प्रयास गरेकी हुन्।

यही पुस ७ गते तुर्माखाँद बजारबाट घर जाने क्रममा २९ वर्षका सर्प विकले उनलाई हातपातसहित बलात्कार गरेका थिए। तर किशोरीका आमा घटनास्थल पुगेपछि उनी भागेका थिए। त्यसपछि आफूबाट गल्ती भएको भन्दै उनले माफीसहित गाउँका ठालु व्यक्तिसँग घटना मिलाउन दबाब दिएका थिए।

dashain shuvakamana
Discovery School

जनप्रतिनिधि, केटा पक्ष र किशोरीका आफन्तसहित गाउँलेहरु बसेर घटना गाउँमै मिलाउनुपर्ने भन्दै दबाब दिएपछि पीडित किशोरीले अन्याय भएको महसुस गर्दै गोठमा झुण्डिएर आत्महत्याको प्रयास गरेकी हुन्।

घरमा आमा र ती किशोरी मात्रै बस्ने भएकाले वडा सदस्य धनीराम जैशीसहित सबै मिलेर घटना मिलाउन दबाब दिएको बुझिएको छ।

किशोरीले आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएपछि सोमबार प्रहरीले ती युवकलाई पक्राउ गरिसकेको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकका अनुसार अहिले किशोरीको उपचार भइरहेको छ र घटनाबाले थप अनुसन्धान भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार