अधिकांस भेगमा मौसम खुल्यो, तापक्रम भने निरन्तर ओरालो

Call24News

धनगढी- आज देशभरको मौसम समान्यतः सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका केही क्षेत्रमा आज पनि विहानैदेखि हुस्सु लागेको छ । तराईमा लागेको हुस्सु मध्यान्हसम्म विस्तारै हट्दै जाने महाशाखाको अनुमान छ ।यद्यपी निरन्तर ओरालो लागेको तापक्रमका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात भने प्रभाव पारेको छ । तराईमा हुने शितलहर र हिमाली भेगमा हुने हिमपातका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेको छ ।

Dengue

चिसोबाट बच्ने उपाय अवलम्बन गर्न महाशाखाले सबैलाई अनुरोध गरेको छ । धनगढीको न्यूनतम ताफक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकत तापक्रम १२ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार