विकराल बन्दै मानसिक समस्या,नेपालमा मात्रै ११ लाखभन्दा बढीमा मानसिक रोगी

मानिसिक स्वास्थ्यको विग्रदो अवस्था विश्वभरनै विकराल बन्दै गएको छ । नेपालमा पनि मानसिक स्वास्थ्य समस्याबाट ग्रसितको अवस्था दिनप्रति दिन बढ्दो क्रममा छ । तर पनि मानिसहरु मानसिक स्वास्थ्य समस्या रहेको बारे खुलेर बोल्न हिच्किचाउछन् । मानसिक समस्याबारे खुलेर बहस गर्ने वातावरण कहिले बन्छ रु सरकारले यसकालागि के कता काम गरिरहेको छ रु अनि मानसिक स्वास्थ्यका विभिन्न पक्षबारे के भन्छन् मनोविद् रु

कुनै व्यक्ति शरीरिक रुपमा स्वस्थ्य भएर पनि उसको मन, विचार, व्यवहार र सोच विचलित भएको छ भने सम्झनु पर्छ की ऊ मानसिक रुपमा अस्वस्थ्य छ । तर यसको यो मतलब यो हैन कि उक्त व्यक्तिलाई कडा मानसिक समस्या छ र उसले अन्य सामान्य मानिस जस्तो व्यवहार गदैन । समान्य रुपमा देखिएका व्यक्तिमा पनि मानसिक समस्या हुन सक्छ । तर यसको पहिचान आवश्यक छ । साथै सबै खालको समस्यलाई मानसिक समस्या भनेर सम्बोधन गर्दा यसले समाजमा नकारात्मक धारणा पैदा गराएको वरिष्ठ मनोचिकित्सक डा। निराकार मान श्रेष्ठको भनाई छ ।

Dengue

नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार नेपालको कुल जनसंख्या को ४ प्रतिशत अर्थात लगभग ११ लाख र थप १३ देखि १७ वर्षका ५ दशमलव २ प्रतिशत किशोरकिशोरीहरुले अहिलेको अवस्थामा मानिसक स्वास्थ्य समस्या भोगिरहेका छन् । गरिबी, बेरोजगारी, लैङ्गिक, जातीय वा भूगोलमा आधारित कलंक र भेदभाव जस्ता समस्याका कारण मानसिक स्वास्थ्यमा असर परेको र यसको न्यूनिकरणकालागि सरकारले प्रयास गरिरहेको बताउँछन् प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड ।

नेपालमा नसर्ने रोग बढिरहेको छ । जसमध्ये १८ प्रतिशत हिस्सा मानसिक रोगले ओगटेको छ । मानसिक स्वास्थ्य विना स्वास्थ्य जीवन हुदैन भन्ने गरिन्छ । तर अहिले पनि समाजमा यस्ता समस्याका बारेमा खुलेर कुराकानी नहुने भएकाले यस्ता विषयमा खुलेर कुराकानी गर्न आवश्यक भएको अभियान्ताहरु बताउँछन् ।

पछिल्लो आर्थिक, समाजिक लगायतका कारण मानसिक समस्या बढ्दो देखिन्छ । तर अहिले पनि पढेलेखेका चेतनशील व्यतिmहरु पनि मानसिक समस्या आफुलाई परेको अवस्थामा यस विषयमा खुलेर कुराकानी नगर्ने यसका जानकारहरु बताउँछन् । तर मानसिक स्वास्थ्य पनि हाम्रो जीवनको एक अभिन्न भएका कारण यस्ता समस्या लुकाउने भन्दा पनि खुरेर कुराकानी गर्ने हो भने यस्ता समस्या समाधान गर्न सकिने विज्ञहरुको ठम्याइ छ । साथै मानसिक समस्या वा आत्महत्या सम्बन्धि कुनै सोच आएमा आत्महत्या रोकथामको लागि सञ्चालन गर्दै आएको हेल्पलाइन ११६६ मा सेवा लिन समेत चिकित्सकहरुको सुझाव छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार