डडेल्धुरामा सडकमाथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु

धनगढीः डडेल्धुरामा सडकमाथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ।

डडेल्धुराको रडुवामा मोटरसाइकलको पछाडि सवार राकेश ऐरको मृत्यु भएको हो। सडकमाथिबाट खसेको ढुङ्गा टाउकोमा लाग्दा गन्यापधुरा गाउँपालिका–२ रडुवास्थित केआई सिंह राजमार्गमा डडेल्धुराकै अमरगढी नगरपालिका–४ का १८ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ।

Dengue

प्रहरीका अनुसार दीपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म.१ प.८८३० नम्बरको मोटरसाइकलको पछाडि सवार ऐरको टाउकोमा शनिवार माथिबाट खसेको ढुङ्गा लागेका थियो। टाउकोमा चोट लागेर गम्भीर घाईते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरेपनि आइतवार बिहान मृत्यु हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार