कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालगञ्ज: कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।

बाँके राप्तिसोनारी गाउँपालिका-२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको अस्पतालका फिजिसियन डा.सुभाष जिसीले जानकारी दिए।

Dengue

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि भेरी अस्पतालमा लगिएको थियो।

उनलाई बैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो। उनलाई दमको पनि समस्या रहेको चिकित्सकले जनाएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार