एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

काठमाडौँ: एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। मंगलबारबाट सुरु भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर पूरा गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो।जवाफमा नेपालले उक्त लक्ष्य ३६.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो।

Dengue

नेपालको जितमा भिम सार्की र कुशल मल्लले शानदार अर्धशतकीय इनिङ खेले। उनीहरुले चौंथो विकेटका लागि १ सय १२ रनको साझेदारी गरेका थिए।

सार्कीले ९८ बलमा ७१ रन बनाउँदा कुशल मल्ल ४० बलमा ७० रन बनाएर अविजित रहे। भीम आउट भएपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले चौका प्रहार गर्दै नेपाललाई जिताएका थिए। उनीहरुबाहेक कुशल भुर्तेल ३८ रन बनाउँदा कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए।

त्यसअघि कीर्तिपुरमा पहिले ब्याटिङ गरेको मलेसियाका लागि कप्तान अहमद फइजले सर्वाधिक ७६ रन बनाउँदा विरनदीप सिंहले ४६ रन बनाएका थिए। यी दुईबीच दोस्रो विकेटका लागि ११६ रनको साझेदारी भएको थियो। त्यस्तै, मुहम्मद सहादतले १५ रन बनाएँदा स्याजरुल इद्रुसले २१ रन बनाएका थिए। त्यस्तै, मुहम्मद अमिरले १७ रन बनाउँदा खाजार हायतले २२ रन जोडे।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान ३–३ विकेट लिँदा ललित राजवंशीले २ विकेट हात पारे। त्यस्तै, गुल्सन झाले १ विकेट लिएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार