स्वास्थ्य मन्त्रालयको अपिलः केही दिन संक्रमणको जोखिम उच्च रहेकाले सतर्क रहौँ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै केही दिन कोरोना भाइरसको संक्रमण बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले केही दिन संक्रमणको जोखिम उच्च रहेकोले सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

‘हालको अवस्थामा हेर्दा अझै केही दिन कोरोनाको संक्रमण बढ्ने देखिएको छ’, डा. अधिकारीले भने, ‘त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर सङ्क्रमणबाट जोगिनुपर्छ ।’

Dengue

त्यस्तै, मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउन समेत सबैमा आग्रह गरेको छ । सोमबार मात्रै एकै दिन दुई हजार पाँच सय ६६ जनामा गरिएको परीक्षणमा एक सय २४ जना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सोमबार नै २९ जना कोरोना सङ्क्रमणबाट उपचार गरी घर फर्किएका छन् । अहिलेसम्म सक्रिय सङ्क्रमित चार सय ४४ जनामा पुगेको छ । काठमाडौँ उपत्यकामा २१ जना आइसोलेसन र १० जना सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार