लघुवित्तमा देखिएको समस्या समाधान गर्न चाल्नुपर्ने कदमका बारे राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं, नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुमा देखिएकोे वर्तमान समस्या र उक्त समस्याको समाधान गर्न चाल्नुपर्ने कदमहरुका बारेमा सुझाव मागेको छ । केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले आज आइतबार एक सूचना जारी गर्दै उक्त सुझाव मागेको हो । राष्ट्र बैंक सञ्चालक समितिको निर्णयबमोजिम आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरुको विषयमा अध्ययन गर्न समिति गठन भएको छ ।

उक्त समितिले अध्ययन गर्न सुरु गरिसकेको राष्ट्र बैंकले जनाएको छ । सुझाव आउँदो वैशाख २० गतेभित्र राष्ट्र बैंकको इमेलमा पठाउनु पर्नेछ । पछिल्लो समय लघुवित्तको भूमिका र लघुवित्त संस्थाहरुले लिंदै आएको ब्याजदरमाथि प्रश्न उठ्दै आएको छ । यसैबीच लघुवित्तका ऋणीहरुले आन्दोलन गर्दै आएका छन् । उनीहरुको समस्या सम्बोधन गर्ने सरकारी निकायहरुले पनि आशवासन दिंदै आएका छन् । यसैसन्दर्भमा राष्ट्र बैंकले समिति गठन गरेर अध्ययन गर्न थालेको हो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार