कारागारका कैदी-बन्दी तास–मदिरामा लठ्ठ

इलाम – क्षमताभन्दा बढी कैदी राख्नेदेखि खानेपानी, शौचालय, स्वास्थ्यलगायत आधारभूत आवश्यकतामा देशभरका जेलको अवस्था नाजुक रहेको गुनासो आइरहँदा यहा“का कैदी–बन्दी भने इलाम कारागारलाई ‘सुधार गृह’का रूपमा रहेको बताउने गर्दथे ।

थप अपराधमा संलग्न नहुन र गरेको अपराधबाट सुधार्न कुनै पनि मुद्दामा दोषी ठहर भएका अथवा विचाराधीन मुद्दामा पुर्पक्षमा थुनामा कैदी–बन्दीलाई कारागारमा राखिन्छ । कारागारभित्र कानुनद्वारा वर्जित कुनै पनि गतिविधि, मदिरा सेवन, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न पाइँदैन । तर, इलाम कारागारमा भने कानुनद्वारा वर्जित मदिरा, जुवातास तथा मोबाइल फोन प्रयोग हुने गरेको पाइएको छ ।

कैदीबन्दीले कारागार मदिरा सेवन र तासको अखडा बनाइरहेका छन् । कारागारभित्र निषेधित वस्तु प्रवेश हुनुमा कार्यालय कर्मचारी र सुरक्षाकर्मीको ‘सेटिङ’बिना सम्भव छैन । कैदीबन्दी बाहिर निस्कनै पाउँदैनन्, निस्किँदा पनि प्रहरीले हतकडी लगाएर कामको प्रयोजनका लागि लाने गरिन्छ । बाहिरका मान्छेले खानेकुरा कैदीलाई लैजाँदा लगेका सामान सबै हेरेर लैजाने व्यक्तिले चाखेपछि मात्रै प्रवेश गराइन्छ ।

तर, इलाम कारागारमा ‘सेटिङ’बाटै मदिरा भित्रने गरेको पाइएको छ । कैदी–बन्दी मदिरा सेवन, तास र चुरोट प्रयोग गरिरहेको भिडियोसमेत बाहिरिएको छ । जिल्ला कारागार इलामका जेलर सुमित मगर सो भिडियो कारागारभित्रकै रहेको स्वीकार गर्छन् । उनका अनुसार सो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदी–बन्दी अहिले पनि यहीँ छन् । केही छुटेर र सरुवा भइसकेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार