नेपाल टेलिकमले ल्यायो नयाँ अफर, ९८ रूपैयाँमा ३ दिनका लागि ६ जिबी डाटा

काठमाडौँ – नेपाल टेलिकमले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सवको अवसरमा एनटी एनिभर्सरी अफर उपलब्ध गराएको छ ।

अफर अन्तर्गत २९४ रूपैयाँमा दस दिनका लागि २० जिबी डाटा, ९८ रूपैयाँमा ३ दिनका लागि ६ जिबी डाटा र ४९ रूपैयाँमा १ दिनका लागि १ एमबिपिएस अनलिमिटेड डाटा र अन नेट १०० मिनेट कल सुविधा उपलब्ध गराइएको छ। यसैगरी २०० रूपैयाँदेखि ४९९ रूपैयाँको रिचार्ज गर्दा २ जिबी बोनस डाटा, दैनिक १ जिबी प्रयोग गर्न सकिने तथा ५०० रूपैयाँ वा सोभन्दा माथिको रिचार्जमा दैनिक २ जिबीका दरले ४ दिनसम्म प्रयोग गर्न सकिने अफर उपलब्ध गराइएको छ।

Dengue

यी अफरहरू आगामी माघ २९ गतेसम्म उपलब्ध हुनेछ। नयाँ एफटिटिएच जडान गर्ने ग्राहकका लागि १२ हजार रूपैयाँमा २० एमबिपीएस डाटा, १ लाइन टेलिफोन र १ वटा एनटिटिभी सहितको प्याकेज उपलब्ध गराइनेछ। यो सेवा फागुन २९ गते सम्मका लागि उपलब्ध गराइएको छ। वार्षिकोत्सवकै अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सरकारी र सामुदायिक विद्यालय, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थल, वसपार्क, एयरपोर्ट, अस्पताल लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरू, वृद्धाश्रम र बाल आश्रमहरू, आमा समूहहरू, दैवी प्रकोपबाट प्रभावित सर्वसाधारणलाई कम्पनीका तर्फबाट सहयोग गर्ने कार्यक्रम पनि छन्।

यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरू र एमपिओस बिक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीलाई सम्मान र पदक, वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई सम्मान–पत्र र कम्पनीका विभिन्न सेवा निःशुल्क उपलब्ध गराउनुका साथै कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, वार्षिकोत्सवको अवसर पारेर कम्पनीद्वारा फाइभजीको परीक्षण सुरूवात गरिएको छ। विभिन्न मोबाइल सेट निर्माता कम्पनीहरूसँग उक्त कम्पनीहरूको सेटमा फाइभजी परीक्षण गर्न समन्वय भइरहेको कम्पनीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार