कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ बाँडफाँट, तपाईँलाई पर्यो कि ? यसरी हेर्नुहोस्

काठमाडौं – कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि ६ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ८९ हजार ६ सय ४० जनाले १०–१० कित्ताका दरले पाएका छन् ।

Dengue

लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको वेबसाइट www.nabilinvest.com.np र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट www.kalinchowkdarshan.com.np बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

कम्पनीको आईपीओका लागि १४ लाख ३२ हजार ८ सय ८१ जनाको आवेदन परेको थियो । १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन परेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार