१९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं  – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुडानका नागरिक मोहम्मद अहम्मद छन्। शुक्रबार २:१५ को फ्लाइटमा फ्लाई दुबईको उडानबाट नेपाल आएका उनलाई विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेक गरेका थिए। चेक गर्दा उनको साथबाट १९ किलो सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले जानकारी दिए।

उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार