लुम्बिनी प्रदेश लोकसेवाले माग्यो चौथो तह प्राविधिक तर्फ ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)

काठमाडौँ – लुम्बिनी प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान भएको हो।

प्रदेश सरकार अन्तरगतको स्वास्थ्य सेवाको अहेवमा १९ जनाको लागि आवेदन माग गरेको छ । यस्तै अनमी १९, डार्करुम सहायक २ र ल्याब असिस्टेन्ट ७ जना माग गरेको छ । यस्तै कृषि तर्फ ३ जना माग गरेको छ ।

Dengue

स्थानीय तह अन्तरगत पनि आयोगले ठूलो संख्यामा विज्ञापन गरेको छ । स्थानीय तहको स्वास्थ्य सेवाको अहेव तर्फ १६३ जनाको लागि आवेदन माग गरेको छ भने अनमीको लागि १२९ जनाको आवेदन माग गरेको छ । यस्तै ल्याब असिस्टेन्टमा ६ जना र बैद्यमा १ जनाको लागि विज्ञापन गरको छ । यस्तै आयोगले इन्जनियरिङ सेवा तर्फ अमिनको लागि १३ जना माग गरेको छ भने असिस्टेण्ट सब ईन्जिनियर सिभिल तर्फ सबै समुहको गरेर ९७ जना माग गरेको छ । खापासटेमा १ जना माग गरेको छ। यस्तै कृषि सेवा तर्फ ७१ जना माग गरेको छ । यस्तै सहायक महिला विकास निरीक्षकमा २४ जनाको लागि आवेदन माग गरेको छ।

आयोगले आज सुचना जारी गर्दै पुष १४ गते सम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुरमा पुष २१ गते सम्म आवेदन दिने पनि आयोगले जनाएको छ । अनलाइनबाट पनि फारम भर्न सकिनेछ ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार