काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौं –  काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरेरै फिर्ता भएको छ । अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण नगरेर काठमाडौं फिर्ता भएको हो ।

पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौंमा भने इमर्जेन्सी घोषणा नगरेर सामान्य अवस्थामै जहाज अवतरण गरिएको थियो ।

Dengue

बुद्धको बीएचए ५५५ उडान नम्बर रहेको जहाज काठमाडौं अवतरण भएसँगै अर्को जहाजबाट यात्रुलाई सिमरा पठाउने तयारी भइरहेको विमानस्थलले जनाएको छ । जहाजमा ७० यात्रु सवार थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार