रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग

काठमाडौं – नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको भर्ना खुलाएको छ । कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ति गर्न लागेको हो ।

कम्पनीले चार जना रेल चालक, चार जना स्टेसन मास्टर, १ जना ट्रयाक इन्जिनियर र १ जना एयर कन्टिसनर इन्जिनियर मागेको छ । रेल चालकमा भर्ती हुन रेल चालकको लाइसेन्सप्राप्त गरी कम्तिमा ५ वर्ष अनुभव भएको हुनुपर्ने योग्यता छ । त्यस्तै स्टेसन मास्टर हुनका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । त्यसबाहेक कम्तिमा पाँच वर्षको अनुभव पनि चाहिने भएको छ ।

Dengue

सिभिद इन्जिनियरङ विषयमा डिप्लोमा वा सो सरह उत्तीर्ण गरी कम्तिमा ३ वर्ष ट्रयाक इन्जिनियर भई काम गरेको अनुभव चाहिने उल्लेख छ । एयर कन्डिस्नर इन्जिनियरका लागि इलेक्ट्रिकल वा एयर कन्टिस्नलर विषयमा डिप्लोमा उत्तीर्ण गरी एयरकन्डिसन मर्मत सम्भारमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव चाहिने कम्पनीले जानकारी दिएको छ । यसका लागि आवेदन दिन १५ दिनको समय तोकिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार