सेयर बजार अब मंगलबार मात्रै खुल्ने

काठमाडौं  – धितोपत्र बजारमा सेयर कारोबार अब यही मङ्सिर ६ गते मंगलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ ।

शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले सेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सरकारले निर्वाचनलाई केन्द्रमा राखेर ४ र ५ गते सार्वजनिक बिदा दिएको छ । त्यसकारण सेयर कारोबार पनि ती दिनमा नहुने भएको हो ।

Dengue

पछिल्ला दिनमा निर्वाचनको माहोल बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव बजारमा परेको थियो । वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि भएको, शोधनान्तर नाफामा रहेको तथा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार भएलगायतका कारणले पनि मुलुकको अर्थतन्त्रमा सुधार भएको छ ।

त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो । मङ्सिर १ गते बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अंकले उकालो लागेर एक हजार नौ सय ३६ दशमलव ८३ मा पुगेको थियो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ८६ अर्ब दुई करोड ३४ लाख ५१ हजार तीन सय ८७ बराबर रहेको थियो । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार