फेरि बढ्यो खानेतेलको मूल्य

काठमाडौं – रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैंतिहार शुरू भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको छ । तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको पाइएको छ ।

हरेक ब्रान्डको खानेतेलको खुद्रा मूल्य तिहारयता लिटरमा २० देखि ५० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । दशैंको बेला प्रतिलिटर २ सय ४० रुपैयाँमा पाइने सोयाबिन तेललाई अहिले २ सय ८० रुपैयाँसम्म पर्न थालेको छ । ३ सय २० रुपैयाँ लिटरको तोरीको तेल अहिले ३ सय ४० रुपैयाँसम्म पुगेको छ । त्यसैगरी २ सय ५० रुपैयाँ लिटर पर्ने सनफ्लावर तेलको मूल्य हाल ३ सय रुपैयाँसम्म पुगेको छ । केही समय तेलको मूल्य अझै बढ्न सक्ने उद्योगी बताउँछन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार