श्रीमान् र श्रीमतीबीच झगडा हुँदा दुई वर्षीया छाेरीकाे मृत्यु

ओखलढुङ्गा – सिद्धिचरण नगरपालिका वडा नम्बर ३ अँधेरीमा श्रीमान् र श्रीमतीबीच झगडा हुँदा दुई वर्षीया छाेरीकाे ज्यान गएकाे छ । ३५ वर्षीय राजेन्द्र राईले साेमवार राति छाेरी ऋतिकाकाे हत्या गरेका हुन् । उनले २१ वर्षीया श्रीमती उषालाई पनि कुटपिट गरेका छन् । घाइते उषाको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

रक्सी खाएका राजेन्द्र र श्रीमतीबीच विवाद भएकाे थियाे । विवादकै क्रममा उनले नजिकै रहेको खुकुरी झिकेर श्रीमतीकाे टाउकोमा प्रहार गरेका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयाे । त्यसपछि श्रीमती छोरी च्यापेर भाग्न खोज्दा श्रीमानले लछारपछार पारेपछि उहाँ छोरी छोडेर भाग्नुभएकाे थियाे । पछि स्थानीयवासी र प्रहरी पुग्दा छोरी मृत अवस्थामा भेटिएकी थिइन् ।

dashain shuvakamana
Discovery School

प्रहरीले अभियुक्त राईलाई पक्राउ गर्न झन्डै दुई घण्टा लागेको थियो । हातमा खुकुरी बोकेर घरभित्रबाट सबैलाई आक्रमणको प्रयास गरेपछि राईलाई पक्राउ गर्न कठिन भएको थियो । उनी आफैँले आफैँलाई समेत टाउकोमा खुकुरीले काटेर घाइते भएका छन् । उनकाे पनि ओखलढुङ्गा सामुदायिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार