पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौँ – पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको बस दुर्घटनामा परेको छ।

पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ हुँगीबाट मनकामना मन्दिर दर्शनको लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नम्बर २ मथारमा आज बिहान करिब ४ बजे दुर्घटनामा परेको हो। बस दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ३० जना घाइते भएका छन्।

Dengue

उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। प्रहरी चाैकी बुलिङटारका अनुसार दुर्घटनास्थलबाट ५ जनाकाे शव निकालिएको छ। रम्भा १ च्याङलिङ, नाैगाउँ, गैरी र साठी क्षेत्रबाट २ वटा बसमा दर्शनार्थीहरू मनकामना दर्शनका लागि जाँदै गरेका थिए। त्यसमध्ये एक बस दुर्घटनामा परेको हो।

बस सडकबाट करिब सय मिटर तल कालिगण्डकी किनारमा खसेको प्रहरीले जनाएको छ। बसमा रम्भा १ हुँगीअन्तर्गत बिसाैना, च्याङलिङ र गैरी क्षेत्रका दर्शनार्थी रहेका थिए। घटनास्थलमा रहेका रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पाँच जना यात्रुको मृत्यु भएको र ३० जना घाइतेलाई उपचार गर्न अस्पताल लगिएको जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार