प्रधानमन्त्रीद्वारा शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । पुल्चोकस्थित ललितपुर महानगरपालिका प्राङ्गणमा राखिएको जोशीको पार्थिव शरीरमा उहाँले श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

पुरातत्वविद् जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्न सभामुख अग्निप्रसाद सापकोटा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री जीवनराम श्रेष्ठ त्यहाँ पुग्नुभएको थियो । एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान उहाँको निधन भएको हो । उहाँको पार्थिव शरीर अन्त्येष्टि नगरी अध्ययनका लागि अस्पताललाई हस्तान्तरण गरिने परिवार स्रोतले जनाएको छ ।

उहाँको पार्थिक शरीर त्यहाँ अपराह्न ४ बजेसम्म राखिनेछ । उहाँलाई राज्यकातर्फबाट ‘राष्ट्रिय सम्मान’ प्रदान गरिने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार