काठमाडौँ – बर्दिया र कैलालीमा बेलुकासम्म नै डुबानको जोखिम बढेको छ । कर्णाली नदीमा बाढीले खतराको तह पार गरेकाले डुबानको जोखिम बढेको छ । कर्णालीमा चिसापानी केन्द्रमा जलसतह १२ दशमलव २ मिटर पुगेको छ ।
बर्दिया र कैलालीको तटीय क्षेत्र र डुबान भइरहने हाेचा क्षेत्रमा बसोबास गर्नेहरुलाई बेलुकासम्म नै अग्लो ठाउँमा रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । कर्णाली नदीमा १० मिटर पानीको सतह पुग्नुलाई सतर्कता र १० दशमलव ८ मिटरलाई खतरा तह मानिन्छ ।
कर्णाली नदीमा पानीको सतहले यी दुवै तहपार गरेकाले जोखिम उच्च छ । त्यस क्षेत्रमा थप वर्षा हुन सक्ने अनुमान रहेकाले कर्णाली तटीय क्षेत्रमा रहेकाहरुलाई अग्लो ठाउँमा बस्न आग्रह गरिएको छ ।
#SMS
असोज २४बिहान ६बजे
कर्णाली चिसापानी केन्द्रमा जलसतह हिजो साँझ खतरा तह ( १०.८मि) पार गरी राती १२.२मी.पुगेको,हाल सो आसपासनै रहेको;बर्दिया र कैलालीको तटीय क्षेत्र र डुबान भईरहने होचा भूभागमा हुनेहरूआज साँझ सम्म डुबान नहुने सुरक्षित अग्लो स्थानमानै रहनुहोला@NDRRMA_Nepal pic.twitter.com/Fh1xDOUjMI— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) October 10, 2022
प्रतिक्रिया दिनुहोस्