सन्दिप लामिछाने आज नेपाल आउँदै, प्रहरीसामु आत्मसमर्पण गर्ने

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने बिहीबार नेपाल आउँदै छन् । उनले यसअघि सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने जानकारी दिएका थिए । उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् । ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाईँ लड्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास रहेको दोहोर्‍याउँछु।’ उनले आफूले छिटोभन्दा छिटो न्याय पाउने विश्वास पनि लिएका छन् । उनले आफूविरुद्ध लागेका सबै आरोप उजागर नहुने पनि विश्वास गरेका छन् । एक नाबालिग किशोरीले आफूमाथि बलात्कार गरेको भन्दै सन्दीप विरुद्ध उजुरी दिएकी थिइन् । आरोप लागेपछि लामिछाने नेपाल फर्किन ढिलाइ हुँदै आएको थियो । उनले आफू कहाँ रहको भन्नेबारे चाहिँ केही खुलाएका छैनन् । उनी नफर्किएपछि प्रहरीले लामिछाने विरुद्ध डिफ्युजन नोटिस जारी गरिसकेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार