महाकालीमा बेपत्ता असई थारूको शव फेला, तीव्र बहावका कारण उद्धारमा कठिनाइ

कञ्चनपुर : महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई (सहायक निरीक्षक) सागरराज थारूको शव फेला परेको छ। भत्किएको झोलुङ्गे पुलको तारमा अड्किएको अवस्थामा उनको शव फेला परेको हो। नदीमा पानीको बहाव अत्यधिक तीव्र भएकाले शव बाहिर निकाल्न भने निकै कठिनाइ भइरहेको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार असई थारूको शव रहेको स्थान पहिचान भइसकेको छ। घटना विवरण अनुसार, दुई साताअघि दोधाराचाँदनी जोड्ने झोलुङ्गे पुल भत्किएको थियो सोही दुर्घटनासँगै नेपाल टेलिकमको इन्टरनेटको तार पनि चुँडिएको थियो। उक्त चुँडिएको तार तान्ने क्रममा प्रयोग गरिएको डुंगा अनियन्त्रित हुँदा थारू महाकाली नदीमा बेपत्ता भएका थिए। तार तान्ने क्रममा उनी त्यहीँ संरचनामा अड्किएको हुन सक्ने अनुमान गरिएको छ।

“शव रहेको निश्चित स्थान पत्ता लागेको छ। नदीको माथिल्लो भागबाट हेर्दा सशस्त्र प्रहरीले लगाउने टी–सर्ट पहिरिएको व्यक्ति तारमा अड्किएको प्रष्ट देखिन्छ,” प्रजिअ कोइरालाले जानकारी दिए, “तर, पानीको बहाव अत्यधिक तेज भएकाले शव झिक्न चुनौती थपिएको छ। हाल गोताखोर टोली र नेपाली सेनाले शव निकाल्ने प्रयास जारी राखेका छन्।”

प्रशासनका अनुसार यदि पानीको बहाव यही गतिमा रहेमा आवश्यक परेमा जेसीबीको प्रयोग गरेर भए पनि नदीको बहावलाई केही कम गरी शव बाहिर निकाल्ने तयारी भइरहेको छ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–६, तुलसीपुर निवासी असई थारू बेपत्ता हुनुभन्दा ठीक अघिल्लो दिन मात्रै दोधाराचाँदनीको देवस्थानस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा सरुवा भई हाजिर भएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार