धनगढी : खेलकुद प्रवर्द्धन, युवा सशक्तीकरण र दुर्व्यसनमुक्त समाज निर्माणको सन्देशसहित धनगढीमा आयोजित ‘एसपीए कलेज कल २४ न्युज कप फुटसल टुर्नामेन्ट २०८३ (सिजन–२)’ भव्यताका साथ सम्पन्न भएको छ। कल २४ न्युज मिडिया प्रा.लि. को आयोजनामा असोज २४ र २५ गते धनगढीस्थित वाल्मीकि फुटसलमा सञ्चालन भएको यस प्रतियोगितामा पुरुष तथा महिला दुवै विधामा रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताको पुरुषतर्फ खेलमाण्डु र महिलातर्फ सैपाल युवा क्लब समूह ‘बी’ च्याम्पियन बन्न सफल भएका छन्।
पुरुषतर्फको उपाधि जितेको खेलमाण्डुले नगद ५० हजार ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, उपविजेता बनेको गन्तव्यले नगद ३० हजार ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो। यसैगरी, पुरुष विधातर्फ विजेता खेलमाण्डुका कपिल ढकाल ‘म्याच अफ द टुर्नामेन्ट’ घोषित हुँदा सोही टोलीका अभिषेक कुँवर राइजिङ प्लेयर बने। उपविजेता गन्तव्यका अमर बोगटी उत्कृष्ट गोलरक्षक घोषित भए।
यता, महिलातर्फको प्रतिस्पर्धामा सैपाल युवा क्लब समूह ‘बी’ ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि चुम्यो र नगद २२ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। सैपाल युवा समूह ‘ए’ उपविजेता बन्दै नगद ११ हजार १११ रुपैयाँमा चित्त बुझायो। महिला विधामा विजेता टोलीकी यशोदा बोहरा उत्कृष्ट गोलरक्षक घोषित भइन् भने सीता भुल प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्न सफल भइन्।
भव्य सफलतामा प्रायोजक तथा सहयोगी संस्थाको उच्च योगदान
युवाहरूलाई खेलकुदका माध्यमबाट सक्रिय र सकारात्मक गतिविधिमा जोड्ने तथा दुर्व्यसनमुक्त समाज निर्माणको यो पवित्र उद्देश्यलाई सफल बनाउन विभिन्न प्रतिष्ठित शैक्षिक संस्था, अस्पताल, बैंक, वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान तथा संघ–संस्थाहरूको उल्लेखनीय सहभागिता र सहयोग रहेको थियो।
यस प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्नका लागि एसपीए कलेज मुख्य प्रायोजकको रूपमा रहेको थियो। त्यस्तै, सह–प्रायोजकको रूपमा इन्दिरा सेक्युरिटिज (धनगढी), निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि. (धनगढी), मिल्टन इन्टरनेसनल कलेज (काठमाडौं) र क्यारियर स्टेसन एजुकेसन कन्सल्टेन्सी प्रा.लि. (काठमाडौं) रहेका थिए।
प्रतियोगिताको प्रायोजनमा एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज (धनगढी), राज श्री फुड इन्डस्ट्रिज (धनगढी), नवजीवन हस्पिटल प्रा.लि. (धनगढी), श्री ओम मष्टा मोटर्स (धनगढी) र बोस्टन इन्टरनेसनल कलेज (चितवन) को महत्वपूर्ण भूमिका रहेको थियो। यसैगरी, धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् यस प्रतियोगिताका प्रवर्द्धकका रूपमा रहेका थिए।
टुर्नामेन्टलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सहयोगी संस्थाहरूमा माया मेट्रो हस्पिटल प्रा.लि., केयरटेकर हस्पिटल प्रा.लि., सी.पी. हस्पिटल, अत्तरिया हस्पिटल प्रा.लि. (अत्तरिया), नोभा हस्पिटल, कैलाली हस्पिटल प्रा.लि., चैतन्य पाठशाला, ॐ श्रीनगर डेन्टल क्लिनिक, निको डेन्टल केयर, अपि सैपाल सर्जिकल मार्ट, मुस्कान डेन्टल, राइजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुल, शैलेश्वरी इङ्ग्लिस बोर्डिङ स्कुल, वाल्मीकि इन्टरनेसनल स्कुल, श्रीपेच एजुकेसन एण्ड होटल म्यानेजमेन्ट, एक्सिस विद्याश्रम, एरिष्टो इङ्ग्लिस स्कुल, ऐश्वर्य विद्या निकेतन सेकेन्डरी स्कुल, कैलाली मोडल सेकेन्डरी स्कुल, डिस्कभरी सेकेन्डरी स्कुल र एलाइन्स इन्टरनेसनल मोडल स्कुल रहेका छन्।
साथै, वित्तीय संस्थाहरूबाट मञ्जुश्री फाइनान्स लिमिटेड, गुडविल फाइनान्स लिमिटेड र नवजीवन सहकारी संस्था लिमिटेड, धनगढीको सहकार्य रहेको थियो। व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानहरूतर्फ जगदम्बा फुड्स प्रा.लि. भैरहवा (आधिकारिक बिक्रेता बडिमालिका स्टोर, धनगढी), बी.डी. ट्रेडिङ एन्ड सप्लायर्स, धनगढी अटो मोटर पार्ट्स, बडिमालिका अटोसेल्स एन्ड सप्लायर्स (अत्तरिया), बडिमालिका भट्ट सप्लायर्स, रोयल फिड इन्डस्ट्रिज प्रा.लि., ज्योति आयल स्टोर (फुलबारी), मदन टेलर्स (बैनिया, कैलाली), दाहाल पुस्तक पसल, दाहाल अल्मुनियम एन्ड स्टिल उद्योग, नेसनल काजी एग्रो फर्म प्रा.लि., सेती काठ तथा स्टिल फर्निचर उद्योग, इन स्टाइल, रोयल प्रिमियम कार वास एण्ड डिटेलिङ, पोटाली फुड्स, होटल जियान हस्पिटालिटी प्रा.लि., ग्रोमोर फिटनेस, शानदार मःमः, ब्रेड बक्स, होटल होली प्यालेस, लक्ष्मी डिजिटल फोटो स्टुडियो, सिंह फेसन हब र पश्चिमाञ्चल हार्डवेयर प्रा.लि. ले सहयोग पुर्याएका थिए।
यसका साथै, कैलाली जिल्ला खेलकुद समिति, निर्माण व्यवसायी संघ कैलाली, सहारा होटल म्यानेजमेन्ट र सु.प. यातायात व्यवसायी संघको समेत गतिलो साथ र सहयोग प्राप्त भएको थियो। खेलकुदको माध्यमबाट यस क्षेत्रका युवाहरूमा नयाँ ऊर्जा र सकारात्मक सोचको विकास गर्ने उद्देश्यसहित आयोजित यस प्रतियोगिताले खेलप्रेमीहरूबीच गहिरो छाप छोड्न सफल भएको आयोजक कल २४ न्युज मिडिया प्रा.लि. ले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्