काठमाडौँ : भोटेकोशीमा आएको बाढीले जनधनको क्षति भएको विषयमा सामाजिक सहिष्णुतामा खलल पुग्ने गरी अभिव्यक्ति दिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भएर काठमाडौँ बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै छन् ।
उनलाई भदौ २० मा पक्राउ गरेर अदालतबाट विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोका एसपी दिलीप कुमार गिरीले बताए ।
भोटेकोशीमा बाढीले मानिसहरू बगाएको विषयमा खुसी व्यक्त गर्दै आरोपीले विभिन्न जातिहरूलाई लक्षित गर्दै उनीहरूलाई बगाउँदा राम्रो भएको र जनसङ्ख्या घटेको अभिव्यक्ति दिएका थिए ।
त्यसबारे भिडियो बनाएर फेसबुकको रिलमा प्रसारण गरेपछि साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो । आरोपी काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बुमा बस्दै आएका थिए ।




प्रतिक्रिया दिनुहोस्