ल्हेन्दे खोलामाथिका तालहरू अब जोखिमपूर्ण छैनन्’

१९ भदौ, काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले लाङटाङको उत्तरी भेगबाट खसेकको हिमचट्टानका कारण गएको पहिरोबाट बनेको ताल अहिलेका लागि जोखिमपूर्ण नरहेको जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार, चिनियाँ टोलीले नेपाली पक्षलाई माथिल्लो तालमा पानीको मात्रा केही बढेपनि जोखिमपूर्ण अवस्था नभएको जनाएको हो ।

हिमचट्टान खसेपछि माथिल्लो भागमा पहिलो खाल्डो बनेको थियो भने ल्हेन्दे खोलाको माथिल्लो भागमा दोस्रो खाल्डो बनेको थियो । चिनियाँ टोलीले खोलाछेवैको ताललाई ब्यारियर लेक वान र माथिल्लो भागमा रहेको ताललाई ब्यारियर लेक टु भनेको छ ।

‘तल्लो भागको तालबाट लगभग सबै पानी बगेकाले पानी जम्मा भएको छैन र खासै समस्या छैन भन्ने कुरा आएको छ,’ पराजुलीले अनलाइनखबरसँग भने, ‘माथिल्लो तालमा भने पानीको सतह केही बढेको छ, तरपछि खतराको तहमा पुगेको छैन भन्ने कुरा आएको छ ।’

चिनियाँ टोलीले आफ्नो भूभागबाट ल्हेन्दे खोला वारीपट्टि नेपालको भूभागको अवलोकन गरिरहेको र त्यसक्रममा तालको सूचना पठाइरहेको इञ्जिनियर पराजुलीले बताए । माथिल्लो भागमा रहेको ताल करिब शून्य दशमलव १९ वर्गकिलोमिटरको हो । त्यो तालमा दुई मिटर सतह बढेर करिब ६ लाख घनमिटर पानी जम्मा भएको अनुमान छ ।

पराजुलीले भने, ‘चिनियाँ टोलीले तालका बारेमा निरन्तर सूचना पठाइरहेका छन् । अहिलेसम्मको अवस्थामा तालको पानीबाट जोखिम छैन भन्ने नै उनीहरूको सुझाव छ ।’

गत १० भदौमा रसुवा बाढीपछि लाङटाङ हिमालको उत्तरी भागको नेपाल–चीन सीमानजिक दुईवटा ताल बनेका थिए । चार दिनपछि दुईमध्ये तल्लो भागको पोखरी भत्किएर पानी बग्दा भोटेकोशीमा अर्को बाढी आएको थियो । दोस्रो बाढीपछि भने ताल रित्तिएको पराजुलीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार