माया मेट्रो अस्पतालको ८औँ वार्षिकोत्सव, ८ वर्षमा सेवासँगै विश्वासको यात्रा

धनगढी : धनगढीस्थित माया मेट्रो अस्पताल प्रा.लि. ले स्वास्थ्य सेवाको क्षेत्रमा आफ्नो ८ वर्षे यात्रा पूरा गरेको छ। अस्पतालले ८औँ वार्षिकोत्सवका अवसरमा सेवाको निरन्तरतासँगै बिरामी तथा सेवाग्राहीको विश्वासलाई आफ्नो मुख्य शक्ति भएको जनाएको छ।

८ वर्षको अवधिमा हजारौँ बिरामी तथा परिवारलाई स्वास्थ्य सेवा प्रदान गरेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार यो यात्रा चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको समर्पण र सेवाग्राहीको निरन्तर विश्वाससँग जोडिएको छ।

माया मेट्रो अस्पतालले २४सै घण्टा आकस्मिक तथा ट्रमा सेवा, २४सै घण्टा फार्मेसी, आईसीयू, एनआईसीयू तथा पीआईसीयू लगायतका सेवा सञ्चालन गर्दै आएको छ।

त्यस्तै अस्पतालमा एमआरआई, ६४–स्लाइस सीटी स्क्यान, बायोप्सी तथा क्यान्सर स्क्रिनिङ, विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा, आधुनिक डायग्नोस्टिक तथा प्रयोगशाला सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ।

अस्पतालले इन्डोस्कोपी, टीएमटी, एबीपीएम, होल्टर, इको, ईसीजी, एसी डिलक्स क्याबिनसहित ओपीडी सेवा तथा अनलाइन अपोइन्टमेन्ट र भुक्तानीको सुविधा पनि प्रदान गर्दै आएको जनाएको छ।

वार्षिकोत्सवका अवसरमा अस्पतालले आगामी दिनमा आधुनिक प्रविधि, विशेषज्ञ सेवा र उपचारका थप सुविधा विस्तार गर्दै सुदूरपश्चिममा भरपर्दो तथा गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा आफूलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

अस्पतालले आफ्नो ८ वर्षे यात्रामा साथ, विश्वास र माया प्रदान गर्ने सम्पूर्ण बिरामी, सेवाग्राही, आफन्तजन, शुभेच्छुक, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीप्रति हार्दिक आभार व्यक्त गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार