सुदूरपश्चिमका १४० जना अझै सम्पर्कविहीन, ३६ जना आए सम्पर्कमा

धनगढी : रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि सुदूरपश्चिम प्रदेशका एक सय ४० जना अझै सम्पर्कविहीन रहेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि एक सय ७६ जना सम्पर्कविहीन भएका थिए । 

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टले उनीहरुमध्ये ३६ जना भने परिवार र प्रहरीको सम्पर्कमा आएको जानकारी दिए । ‘सम्पर्कविहीन भएको भन्दै १७६ जनाको विवरण प्राप्त भएको थियो,’ एसएसपी बिष्टले भने, ‘उनीहरुमध्ये ३६ जना सम्पर्कमा आइसकेका छन् ।’

सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार