कञ्चनपुरमा सशस्त्रका जवान मृत भेटिए, दार्चुलामा थिए कार्यरत

धनगढी : कञ्चनपुरमा सशस्त्र प्रहरीका एक जवान मृत अवस्थामा फेला परेका छन्। मृत भेटिनेमा शुक्लाफाँटा नगरपालिका–२ का सशस्त्र प्रहरी जवान भरत धानुक रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार धानुक आइतबार दिउँसो करिब साढे १२ बजे घरदेखि करिब दुई किलोमिटर टाढा जोनापुरस्थित नर्सरीमा मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार उनी रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी रावतले बताए।

दार्चुलामा कार्यरत धानुक केही दिनअघि मात्रै बिदामा कञ्चनपुरस्थित झलारीको घर आएका थिए। शनिबार साँझदेखि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो। त्यसपछि प्रहरीले खोजी गर्ने क्रममा आइतबार दिउँसो उनलाई मृत अवस्थामा फेला पारेको हो।

धानुक विवाहित रहेको र उनका श्रीमतीबाहेक छोराछोरी भने नरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार