आत्मदाह प्रयासपछि ज्यान गुमाएका गणेश नेपालीको परिवारलाई गगन थापाको एक लाख सहयोग

८ साउन, काठमाडौं । काठमाडौंमा आत्मदाह प्रयासपछि उपचारको क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई नेपाली कांग्रेसका सभापति गगन थापाले एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

कांग्रेस सभापति गगन कुमार थापाले नेपालीको परिवारलाई आफ्नो तर्फबाट राहत स्वरुप एक लाख रुपैयाँ सहयोग गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सभापति थापाले स्वर्गीय गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै, शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले २५ असारको दिन त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको सडकमा आफ्नो मोटरसाइकलको पेट्रोल निकालेर आफैंले शरीरमा आगो लगाएका थिए । उनको भोलिपल्ट बीर अस्पतालमा निधन भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार