सम्पत्ति शुद्धीकरणमा सुलभ अग्रवालको बयान

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको बयान थालिएको छ ।

शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत रहेका अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले नियन्त्रणमा लिएसँगै विभागले बयान लिन थालेको हो । आइतबार दिउँसो सुलभको बयान लिन सुरु गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले  जानकारी दिए ।

इन्फिनिटी होल्डिङ्सका सञ्चालक व्यवसायी दीपक भट्ट पक्राउ परेसँगै शंकर ग्रुपसँग भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानका क्रममा शुक्रबार शंकर अग्रवाल पक्राउ परेका थिए भने त्यसपछि उनका छोरा शुलभलाई पनि विभागले नियन्त्रणमा लिएको हो ।

शंकर समूहको जगदम्बा स्टिल्स, जगदम्बा मोटर्स, जगदम्बा इन्टरप्राइजेज, रिद्धिसिद्धि सिमेन्ट, सौर्य सिमेन्ट, युनियन लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, हाइड्रोपावरहरू रहेका छन् ।

अग्रवाल कालोबजारीको आरोपमा यसअघि पक्राउ परेका थिए। कोरोनाका बेला ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा उनी पक्राउ परेका थिए । उनलाई पछि विभागले तारेखमा छाडेको थियो ।

राजनीतिक सत्ता र शक्तिको आडमा उनले उन्मुक्ति पाउँदै गरेको आरोप लाग्ने गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार