अवैध रुपमा कम्बोडिया पुगेका १२ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । काठमाडौं । विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १२ जना नेपालीको उद्धार गरिएको छ ।

कम्बोडिया पुगेर अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरू, क्यासिनोहरूमा अनलाइन ठगि तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना भिसा बसिरहेका १२ जना नेपालीहरुलाई उद्धार गरी आज नेपाल फकाईएको हो।

बैंककस्थित नेपाली राजदुतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उनीहरुको उद्धार भई गैर आवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा आज नेपाल फर्काइएको राजदुतावासले जनाएको छ ।

यसैगरी अलपत्र परेका वा कठिन परिस्थितीमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको जनाउँदै।कम्बोडियामा नेपाली नागरिकहरु अनलाइन ठगी लगायत गैर कानुनी काममा लगाइएको र बिना भिसा वा भिसा अवधी भन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको राजदुतावासले जनाएको छ।

कम्बोडियामा माथि अबैध रुपमा अवस्थामा बसिरहेका नेपाली नागरिकहरुलाई नेपाल फर्कन सहजिकरणका लागि नेपाली राजदुतावास बैंकक वा गैर९आवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरु(शिवराज पराजुली +85512 215578, लालसिहं खडका +85593203666,  रामजी कुमार छेत्री +855963465788 )लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

स्क्यामिङ्ग केन्द्रहरूमा काम लगाईएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ्ग केन्द्रहरूबाट ट्रान्सफर हुदाँ राहदानी हराएको भनि धेरै जनाको गुनासो आएको हुँदा त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदुतावास बैंककले उद्दार गर्न बिना शुल्क एक तर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको राजदुतावासले जनाएको छ ।

नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास अनुरोध पनि गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार