एकैदिन सुन तोलामा १४ हजार छ सयले बढ्यो

काठमाडौँ। स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा अप्रत्याशित र ऐतिहासिक वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा एकैदिन प्रतितोला १४ हजार ६०० रुपैयाँको ठूलो बढोत्तरी देखिएको छ भने चाँदीको मूल्य पनि तोलामा ४१५ रुपैयाँले वृद्धि भएको छ।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम गरेको छ, जबकि हिजो मङ्गलबार यसको कारोबार २ लाख ७३ हजार ९०० रुपैयाँमा भएको थियो। यसैगरी चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ९२० रुपैयाँ पुगेको छ। यसअघि मङ्गलबार चाँदी ४ हजार ५०५ रुपैयाँ, सोमबार ४ हजार ४२५ रुपैयाँ र आइतबार ४ हजार ५४० रुपैयाँमा कारोबार भएको महासङ्घको तथ्याङ्कले देखाउँछ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उच्च चापका कारण नेपाली बजारमा पनि यसको प्रत्यक्ष प्रभाव परेको हो। विश्व बजारमा आज सुन प्रतिऔँस ४ हजार ६०० अमेरिकी डलर र चाँदी प्रतिऔँस ७४ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । विशेषगरी मध्यपूर्वमा बढ्दो तनाव र विश्वव्यापी आर्थिक अनिश्चितताका कारण सुरक्षित लगानीका रूपमा सुनको माग बढ्दा मूल्यमा यस्तो ठूलो उछाल आएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार