प्राधिकरणको कारवाहीमा परे ८ बीमा कम्पनी, दुई लाख जरिवाना

काठमाडौँ । आठ बीमा कम्पनी कारवाहीमा परेका छन् । बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगरेको भन्दै नेपाल बीमा प्राधिकरणले आठ बीमा कम्पनीलाई कारवाही गरेको हो ।

प्राधिकरणको कारबाही पर्ने कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन लाइफ, ओरियन्टल इन्स्योरेन्स र एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनी रहेका छन् ।

बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगरेको भन्दै नेपाल बीमा प्राधिकरणले आठ बीमा कम्पनीलाई कारवाही गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीका सीईओ सुरेन्द्र थापालाई संस्थागत सुधारका लागि सचेत गराउने वा निर्देशन दिने प्रकृतिको कारबाही गरिएको छ भने एलियन्ट इन्स्योरेन्स ब्रोकरलाई तीन महिनाका लागि निलम्बन गरिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, बाँकी बीमा कम्पनीहरूलाई भने प्रचलित बीमा ऐनको व्यवस्थाअनुसार जनही दुई लाख रुपैयाँका दरले जरिवाना गरिएको प्राधिकरणले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार