सुदूरपश्चिम प्रदेशले कर्णालीलाई ४ विकेटले हराउँदै प्रधानमन्त्री कपमा विजयी सुरुवात

काठमाडौं — प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ। वीरगञ्जको नारायणी रंगशाला मा सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४ विकेटले हराउँदै प्रतियोगितामा सकारात्मक शुरुआत गर्‍यो।

कर्णालीले दिएको १२० रनको लक्ष्य सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। टोलीको जितमा किरण ठगुन्नाले २६ रनको योगदान दिए भने खडक बोहराले २३ रन बनाए। अन्त्यतिर मिलन बोहरा (१८*) र शेर मल्ल (१०*) ले अविजित रहँदै टोलीलाई लक्ष्यसम्म पुर्‍याए।

बलिङतर्फ कर्णालीका अनुज चनारा र दिवान पुनले समान २–२ विकेट लिए भने प्रकाश जैसी र दीपेन्द्र रावतले १–१ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली ३२ ओभरमै समेटिँदै ११९ रनमै अलआउट भएको थियो। बिपिन रावलले ३३ रन बनाउँदा सुनिल धमलाले २८ रन जोडे।

सुदूरपश्चिमका हेमन्त धामी खेलका प्रमुख नायक बने। उनले ७ ओभरमा मात्र १६ रन खर्चिएर ६ विकेट लिए। उनलाई शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहराले १–१ विकेट लिएर राम्रो साथ दिएका थिए।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार