सन्दीपको कप्तानीमा पीएम कप खेल्ने बागमती प्रदेशको टोली घोषणा

  • बागमती प्रदेश क्रिकेट संघले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
  • पीएम कप क्रिकेट ७ चैतबाट सुरु हुँदैछ र बागमतीले चार खेल काठमाडौंमा खेल्नेछ।
  • बागमतीले ८ चैतमा एपीएफ क्लबसँग, १० चैतमा गण्डकी प्रदेशसँग, १२ चैतमा नेपाल पुलिस क्लबसँग र १५ चैतमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ।

४ चैत, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा सन्दीपसहित इशान पाण्डे, आशुतोष घिरैया, उत्तम थापा मगर, शिवम तिवारी, विवेक रानामगर, दया नन्द मण्डल र रिजन ढकालले स्थान बनाएका छन् ।

यस्तै सुभाष खत्री, सोनु देवकोटा, सचिन लेखक, रिङ्जिन लामा, पवन बहादुर थापा, प्रतिश जिसी र शुभ कन्साकार पनि टोलीमा समावेश छन् ।

रित गौतम, सूर्य तामाङ, दीपेश श्रेष्ठ, आदिल खान र अविनाश वस्याल रिजर्भ खेलाडीको रूपमा छन् ।

पीएम कप क्रिकेट ७ चैतबाट सुरु हुँदैछ । बागमतीले चार खेल काठमाडौंमा खेलेपछि बाँकी खेल काठमाडौंबाहिर खेल्नेछ ।

बागमतीले पहिलो खेल ८ चैतमा एपीएफ क्लबसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । दोस्रो खेल त्रिवि क्रिकेट मैदानमा १० चैतमा गण्डकी प्रदेशसँग खेल्नेछ ।

तेस्रो खेल १२ चैतमा नेपाल पुलिस क्लबसँग माथिल्लो मुलपानीमा खेल्नेछ भने चौथो खेल १५ चैतमा त्रिभुवन आर्मी क्लबसँग मुलपानीमै खेल्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार