पेट्रोलियम पदार्थ र ग्यासमा कृत्रिम अभाव नगर्न कैलाली उद्योग वाणिज्य संघको आग्रह

धनगढी । कैलाली उद्योग वाणिज्य संघले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिलाई सहज बनाउन र बजारमा कृत्रिम अभाव तथा कालोबजारी नगर्न सबै व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ।

संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै हाल विश्वका महत्वपूर्ण क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी प्रभाव परेको र त्यसको असर नेपालमा पनि देखिन थालेको जनाएको छ।

विज्ञप्तिमा पछिल्ला केही दिनयता बजारमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको र कालोबजारी भइरहेको भन्ने समाचारप्रति संघको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। यस्तो अवस्थामा आम उपभोक्ता तथा राज्यप्रति जिम्मेवार बन्दै आपूर्ति प्रणालीलाई सहज र सरल बनाउनु सबै व्यवसायीको कर्तव्य भएको संघले जनाएको छ।

संघले व्यापार तथा व्यवसायमा असर नपर्ने गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदै सरकारले निर्धारण गरेको मूल्यमा आम उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको छ। साथै आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थ तथा ग्यास सञ्चय नगर्न र सरकारले तोकेको मापदण्डअनुसार मात्रै खरिद गर्न उपभोक्तालाई समेत अनुरोध गरिएको छ।

संघका अध्यक्ष पुष्करराज ओझाद्वारा जारी विज्ञप्तिमा सरकारले तोकेको तौल, गुणस्तर तथा मूल्यमा कुनै किसिमको चलखेल वा कालोबजारी भएको पाइएमा त्यस्ता गतिविधिमा संलग्न व्यक्ति वा संस्थालाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार