सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो

  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँ बढेको बताएको छ।
  • सुनको भाउ अघिल्लो दिन ३ लाख ९ हजार ४ सय रुपैयाँबाट ३ लाख ९ हजार ५ सय रुपैयाँमा पुगेको छ।
  • चाँदीको भाउ प्रतितोला ५ रुपैयाँ घटेर ५ हजार २६५ रुपैयाँ कायम भएको महासंघले उल्लेख गरेको छ।

२ चैत, काठमाडौं । सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदी घटेको छ ।

यस दिन सुन प्रतितोला १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

विगत डेढ महिनामा सुनको भाउ करिब तोलामा ३० हजार घटेको छ । यसअघि गत माघ १५ गते सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

यस्तै चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत माघ १५ गते चाँदी हालसम्मकै उच्च प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार