निर्वाचन प्रहरीको मृत्यु

खलङ्गा: दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । 

भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए।

बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका–१ मा भीरबाट लडेर घाइते भएका थिए। उनलाई धनगढी लगिएकामा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

AD
AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार