- काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको नाइट बसको क्याबिनमा चितवनको तुइन खोला पहिरोमा ढुंगा खसेको छ।
- बसमा ४३ जना सवार थिए र चालकको होसियारीले ठूलो दुर्घटना टरेको राष्ट्रिय यातायात व्यवसायी महासंघ वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए।
- घटनामा एक यात्रु घाइते भएका छन् र चालकले बहादुरीपूर्वक गाडी बचाउन सफल भएको उनले उल्लेख गरे।
२९ फागुन, काठमाडौं । काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको नाइट बसको क्याबिनमा ढुंगो बजारिएको छ ।
यद्दपि, चालकको होसियारीले ठूलो दुर्घटना टरेको राष्ट्रिय यातायात व्यवसायी महासंघ कार्यवाहक अध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
उनका अनुसार गएराति चितवनको तुइन खोला पहिरोमा माथिबाट अचानक ढुंगा खसेको हो । उक्त दृष्य बसमा रहेको सीसीटीभी क्यामरामा रेकर्ड भएको छ ।
बागमती प्रदेश ०३–००१ ख–४८७१ नम्बरको बसमा उक्त घटना भएको हो । बसमा ४३ जना सवार थिए । तुइन खोलामा गत वर्षायाममा निरन्तर पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।
उनका अनुसार घटनामा काठमाडौंबाट नारायणगढ जाँदै गरेका एक यात्रु घाइते भएका थिए । बसले आकस्मिक ब्रेक लगाउँदा थप केही यात्रु सामान्य घाइते भएको समेत उनले बताए । चालकले बहादुरीपूर्वक गाडी बचाउन सफल भएको उनको भनाइ छ ।
‘थोरै पनि दायाँबायाँ भएको भए तल त्रिशूली नदीमा जाने जोखिम थियो,’ उनले भने, ‘चालकले यो घटनामा बहादुरी देखाएका छन् ।’
उक्त बसमा सीसी क्यामरा र जीपीएस सिस्टम जडान भएका कारण घटनाबारे प्रत्यक्ष जानकारी भएको उनले बताए । बसमा प्रविधि जडान हुँदा यस्ता घटना न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।
जीपीएस सिस्टम अनिवार्य गर्ने पक्षमा सबै यातायात व्यवसायी रहेको भन्दै उनले सरकारले यसको कार्यविधि अविलम्ब बनाउनुपर्ने समेत बताए । त्यसले घटनामा कसको दोष रहेछ भन्ने समेत स्पष्ट हुने उनले उल्लेख गरे ।
https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Freel%2F759891680308072%2F&show_text=true&width=380&t=0
#ResultWithOK




प्रतिक्रिया दिनुहोस्