नेपाली बनारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ३ हजार ८०० रूपैयाँले बढेको हो । अघिल्लो दिन प्रतितोला ३ लाख १३ हजार २०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ हजार ८०० रूपैयाँले बड्दै ३ लाख १७ हजार रूपैयाँ पुगेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३१० रूपैयाँले बढेको छ । आज चाँदी ५ हजार ७२० रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ४१० रूपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया दिनुहोस्