रसुवाबाट कांग्रेसका मोहन आचार्य तेस्रोपटक विजयी

रसुवाः रसुवाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार उनले १० हजार ६५६ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।

मतगणनाको सुरुबाटै अग्रता कायम राख्दै आचार्यले आफ्नो विजय सुनिश्चित गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन्।

यो मोहन आचार्यको लगातार तेस्रो विजय हो। उनी २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि रसुवाबाट निर्वाचित भएका थिए।
 

AD

AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार