झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले दोब्बर मतान्तरले अग्रता लिएका छन्।
उनले २ हजार ८७८ मत पाएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो।
यहाँ पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन्।
उनले अहिलेसम्म ११३० मत पाएका छन्।
नेपाली कांग्रेसका मन्धरा चिमरिया १८३ मत ल्याएका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले १२९ मत ल्याएका छन्।




प्रतिक्रिया दिनुहोस्