सुदूरपश्चिममा शान्तिपूर्ण रूपमा मतदान जारी

धनगढी: सुदूरपश्चिम प्रदेशमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।  

प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा मतदाताहरू बिहानैदेखि मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार प्रदेशभरिका १ हजार १७६ मतदान स्थलका २ हजार १९९ मतदान केन्द्रमा मतदान प्रक्रिया एक घण्टा अघिदेखि सुरु भएको हो। यस प्रदेशमा कुल १७ लाख १६ हजार मतदाता रहेका छन्। 

निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा संवेदनशीलताको आधारमा प्रदेशका ४८१ मतदान स्थल र ९८५ मतदान केन्द्रलाई ’अति संवेदनशील’ सूचीमा राखिएको छ। त्यसैगरी, ३९५ मतदान स्थललाई ’संवेदनशील’ मानिएको छ।

AD

अति संवेदनशील र संवेदनशील क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ। कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको प्रशासनले जनाएको छ।

AD

मतदान आज साँझ ५ बजेसम्म जारी रहनेछ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी र सुत्केरी महिलाहरूलाई मतदान गर्न सहज होस् भनेर केन्द्रहरूमा छुट्टै लाइनको व्यवस्था समेत मिलाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार